प्लोडिन कुकुल्यानोभोले आफ्ना नेपाली कामदारहरूलाई दुई तरिकाले भेदभाव गरेको छ: उनीहरूको युनियन सदस्यताको आधारमा र उनीहरू जन्मभूमिको आधारमा।
शुक्रबार बिहान, क्रोएसियाको स्वतन्त्र श्रमिक संघले रिएकाको कोर्ज़ा भन्ने ठाउँमा पत्रकार सम्मेलन आयोजना गरेको थियो, जसमा प्लोडिना कुकुल्यानोभो गोदाममा काम गर्ने अवस्थाको चिन्ताजनक अवस्थालाई उजागर गर्यो। याद गरऊँछौ गत हप्ता, मिडियाले रिएका नजिकैको प्लोडिना कुकुल्यानोभो गोदाममा भएको हडतालको बारेमा रिपोर्ट गरेको थियो। यदि विदेशी कामदारहरूले आफ्नै पहलमा हड्ताल सुरु नगरेको भए यस हडतालले यति धेरै ध्यान आकर्षित गर्ने थिएन।
शुक्रबार, जनवरी १६ मा, १०० विदेशी र ७० स्वदेशी कामदारहरूलाई रोजगार दिने प्लोडिना कुकुल्यानोभो रसद तथा वितरण केन्द्रमा लगभग तीस विदेशी कामदारहरूले केही घण्टा काम गर्न बन्द गरे। उनीहरूको असन्तुष्टिको कारणहरू : थोरै तलब ओभरटाइम घण्टाको ज्याला नतिर्ने र खराब काम गर्ने अवस्था।क्रोएसियाको स्वतन्त्र श्रमिक संघले आफ्नो फेसबुक पेजमा हडतालको समाचार रेकर्डिङसहित प्रकाशित गरेको थियो। संघको अनुसार हडताल उनीहरूको संगठनले आयोजना नगरेको, तर उनीहरूले केवल एक कामदारले पठाएको रेकर्डिङ प्रकाशित गरेका थिए।
प्लोडिनले आफ्नो गोदाममा हडतालको बारेमा फैलिएको जानकारी अस्वीकार गर्दै एक विज्ञप्ति जारी गरेको छ जसमा झूटा समाचार फैलाएकोमा NSRH स्वतन्त्र श्रमिक संघलाई मुद्दा दायर गर्ने घोषणा गरेको छ।युनियनले त्यसको जवाफमा भनेको छ कि “जनवरी १६, २०२६ मा कुकुल्यानोभोको प्रश्नमा रहेको गोदाममा भएका घटनाहरू बारे रोजगारदाता प्लोडिने डी.डी. जानकार छन्, जसको बारेमा कामदारहरूको गवाहीहरू, साथै लिखित कुराकानी पनि छ।” NSRH स्वतन्त्र श्रमिक संघले युनियन गतिविधिहरू कानुनी ढाँचा भित्र र कामदारहरूसँग प्रत्यक्ष कुराकानीको आधारमा जानकारी प्रस्तुत गरिरहेको र रोजगारदाताले त्यस्ता कथनहरू मार्फत कामदार संघ संगठनमा दबाब सिर्जना गरिरहेको औंल्याएका छन्
र त्यो ठ्याक्कै कामदार संघ संगठन, विशेष गरी विदेशीहरूमाथि हुने दबाब हो जुन यस कथाको सबैभन्दा समस्याग्रस्त पक्ष हो। आफ्नो फेसबुक पेजमा गरिएको प्रारम्भिक घोषणामा, NSRH स्वतन्त्र श्रमिक संघले सात जना नेपाली कामदारहरू युनियनमा सामेल भएका तर आफ्नो काम र बसोबास अनुमति गुमाउने धम्किका कारण, उनीहरू युनियन छोड्न बाध्य भएका कुरा औंल्याएको थियो ।
युनियनले हामीलाई पुष्टि गर्यो कि अक्टोबर २०२५ को अन्त्यमा, धेरै महिनाको सम्पर्क पछि, नेपालका सात कामदारहरूले संघमा सामेल हुने निर्णय गरे। सामेल भएको मात्र डेढ महिना पछि, काममा कडा दबाबका कारण कामदारहरूले युनियन छोडे। यी त्यी कामदारहरूका अनुसार, उनीहरूलाई युनियन छोड्न दबाब दिइएको, अन्यथा उनीहरूको बसोबास र कार्य अनुमति रद्द गरिने र उनीहरू रोजगारदाताले प्रदान गरेको आवासबाट निकालिने थिए।
ओम्बड्सम्यानको कार्यालय टेना सिमोनोभिच एइनवाल्टरले हामीलाई बताइन् कि सामान्यतया, रोजगारदाताहरू जसले कुनै पनि तरिकाले युनियनको नियमित कार्य रोक्न वा कामदारलाई युनियनमा सामेल हुनबाट रोक्न प्रयास गर्छन्, उनीहरुलाई युनियन छोड्न दबाब दिन्छन् भने उनीहरुले कानूनको उल्लङ्घन गरेको मानिन्छ, र उनले त्यसमा थप्दै भनिन् कि भेदभाव विरोधी ऐनले भेदभावको सत्र आधारहरू मध्ये एकको रूपमा युनियन सदस्यतालाई सूचीबद्ध गर्दछ।
प्लोडिनेले नेपाली कामदारहरूलाई दुई तरिकाले भेदभाव गरेको छ: उनीहरूको युनियन सदस्यताको आधारमा र उनीहरूको जन्मभुमिको आधारमा। विदेशी कामदारहरू युनियनहरूमा संगठित हुनेछन् जसले गोदाममा कार्यरत स्वदेशी कामदारहरूको स्थितिलाई पनि बलियो बनाउनेछ भन्ने डरले, प्लोडिनेले धेरै विदेशी कामदारहरूलाई युनियनमा सामेल हुने प्रयासलाई रोक्न द्रुत र कठोर प्रतिक्रिया देखाए, जसले निश्चित रूपमा अन्य कामदारहरूलाई उनीहरूको उदाहरणद्वारा युनियनमा सामेल हुन प्रोत्साहित गर्ने थियो।
त्यसैले ओम्बड्सम्यानकी प्रवक्ता आना ट्रेटिन्याकले हाम्रा प्रश्नहरूको जवाफमा औंल्याइन् कि “यस प्रकारको भेदभावको रिपोर्ट गर्नु र त्यस्ता अभ्यासहरूको विरोध गर्नु युनियन सदस्यहरूको लागि मात्र होइन, अन्य कामदारहरूको लागि पनि महत्त्वपूर्ण छ, र युनियन सदस्यहरूले भोग्न सक्ने कुनै पनि नकारात्मक परिणामहरूले युनियनमा सामेल हुने विचार गरिरहेका अन्य कामदारहरूको लागि निराशाजनक हुन सक्छ।
र त्यसको समग्रतामा, यसले श्रम अधिकारहरूमा व्यापक परिणामहरू निम्त्याउन सक्छ, किनकि त्यी अधिकारहरूलाई सुदृढ पर्नुपर्ने आवश्यकताको प्रतिक्रियाको रुपमा र कामदारहरूले युनियन मार्फत आफ्नो अधिकारको लागि लड्नका सकून भनेर युनियनहरू स्थापना गरिएका थिए। अर्थात् यो संघको स्वतन्त्रता र कार्य क्षेत्रमा अधिकारहरूमा हुने व्यापक प्रभावको बारेमा हो, जुन संघको काम वा कसैको सदस्यता रोक्ने प्रयासहरूको उदाहरणहरू सामना गर्दा पनि ध्यानमा राख्नु महत्त्वपूर्ण छ, र तिनीहरूलाई रिपोर्ट गर्नु निश्चित रूपमा महत्त्वपूर्ण छ।”
प्लोडिनालाई पठाइएको माथिको जानकारीको बारेमा बयान दिनको लागि गरिएको निवेदनमा यो लेख प्रकाशित हुँदासम्म कुनै प्रतिक्रिया प्राप्त भएको थिएन।

